
सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा रहेका गलत प्रावधानहरु परिमार्जन गर्नेपर्ने बताएका छन्।
नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका थापाले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने भन्दै भने, ‘एमसिसी सदनमा प्रस्तुत भएपछि त्यसमा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुनेछ।’
तर उनले गलत प्रावधानहरु के रहेका छन् भन्ने बारे भने खुलाएनन्।
उनले एमसीसीबारे बहस चलिरहेको र सभामुख चयनपछि सदनमा प्रस्तुत हुने बताए। नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित नहुने गरी एमसीसी सदनबाट पारित हुने उनले दाबी गरे।
कार्यक्रममा उनले शान्ति र स्थायित्व बिना मुलुकको विकास असम्भव भएको भन्दै सरकारले आपराध नियन्त्रणलाई प्राथमिकता राखेको बताए। रासस