PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु



रासस

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
बैतडीको सिन्केलेकमा दुर्घटनाग्रस्त ट्याक्टर। फोटो : रासस।

बैतडी : ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले महाकाली राजमार्गअन्तर्गत सतबाँझ-गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्र्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको आज बिहान थाहा भएको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell