PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

‘दिल तो ह्याप्पी है जी’की अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या



पहिलोपोस्ट

‘दिल तो ह्याप्पी है जी’की अभिनेत्री सेजल शर्माले गरिन् आत्महत्या
अभिनेत्री सेजल शर्मा । Photo: bollywoodhungama.com

भारतीय टेलिसिरियल ‘दिल तो ह्याप्पी है जी’का अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन्। उनको शव आफ्नै घरमा झुन्डिरहेको अवस्थामा फेला परेको हो। उनले आत्महत्या गर्दा उनका दुई साथी त्यही घरमा रहेको एएनआईले जनाएको छ।

प्रहरीले उनको सुसाइट नोट फेला पारेकाले एक्सिडेन्टल डेथ रिपोर्ट अनुसार घटनाको अनुसन्धान शुरु भएको छ।

‘हो, यो सत्य हो। म पनि झसङ्ग भए सुनेर। मलाई त विश्वास गर्न नै गाह्रो भयो किनकि १० दिन अघिमात्रै हाम्रो भेट भएको थियो,’ सिरियलका सह अभिनेता अरु के वर्माले भने, ‘भेट्दा उनी ठीक देखिएकी थिइन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell