PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंज प्रिमियर लिग आजबाट शुरु



राधेश्याम पटेल

वीरगंज प्रिमियर लिग आजबाट शुरु

वीरगंज : वीरगंजमा ‘वीरगंज प्रिमियर लिग (बिपिएल)’ शुरु भएको छ। २० ओभरको फर्मम्याटमा खेलाइने प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले गरे।

नारायणी रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटनपछि संघीय सांसद यादवले राष्ट्रियस्तरका खेलाडीहरुको लागि केन्द्र सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्नु पर्ने बताए। दुवै सरकारले कानुन बनाएर राष्ट्रिय खेलाडीलाई जागिरको व्यवस्था मिलाए खेलप्रति खेलाडीको आकर्षण अझै बढने र राम्रा खेलाडी राष्ट्रले उत्पादन गर्ने उनले सुझाव दिए।

भारतमा जसरी आइपिएल चर्चित र खेलाडीले करोडौँ खेल सावित भएको चर्चा गर्दै उनले वीरगंजमा आयोजना हुने हरेक वर्षको यस्तो प्रतियोगिताले प्रदेश २ को आठ जिल्लामा लुकेका प्रतिभालाई स्थान दिने पनि बताए। उनले नेपालकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशाला भएकोले प्रदेश र केन्द्र सरकार यसको विकास र व्यवस्थापनमा आर्थिक बजेट विनियोजन गरी सुविधा सम्पन्न रंगशालाको रुपमा विकास गर्न पनि सुझाव दिए।

उनले एक दशक पहिलेको ग्राउन्डमा र आजको नारायणी रंगशालामा धेरै अन्तर आइसकेकोले रंगशालाको सुरक्षा र स्तरोन्नतिमा सरकारले आवश्यक पहल पनि जारी राख्न आग्रह गरे।

प्रतियोगितामा ‘अक्सन’बाट खरिद गरिएको खेलाडीहरुलाई मिलाएर ६ वटा टिमको सहभागिता छ। शनिवारको खेला वीरगंज स्टार र बिसिसी टिमबीच भएको थियो। प्रतियोगिताको विजेतालाई दुई लाख ५० हजार रुपैयाँ र उप विजेतालाई एक लाख ८० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

युनाइटेड क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा वीरगंजका विभिन्न विद्यालयका छात्र/छात्राहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए। सो मार्च पासमा जिएचपी प्रथम, साउथजुन द्वितीय र गौतम स्कुल तृतीय घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell