PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

माघ १८ देखि वीरगंजमा ‘गिरिजाप्रसाद गोल्ड कप’ फुटबल हुँदै



राधेश्याम पटेल

माघ १८ देखि वीरगंजमा ‘गिरिजाप्रसाद गोल्ड कप’ फुटबल हुँदै

वीरगंज : गिरिजाप्रसाद फाउन्डेसन वीरगंजले आगमी माघ १८ देखि २५ गतेसम्म वीरगंजमा ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा प्रदेश २ का आठवटा टिम सहभागी हुनेछन्।

उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार नगद पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले जानकारी दिए। करिब २८ लाख ८० हजारको लागतमा हुने प्रतियोगितामा टिमको छनोट हरेक जिल्लास्थित जिल्ला फुटबल संघले गर्नेछ। १६ सदस्यीय टिममा तीन जना राष्ट्रियस्तरका क्लबका खेलाडी र बाँकी १३ जना जिल्लाका स्थानीय खेलाडीलाई समेटिने छन्।

फुटबलप्रति आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सहाबुद्दिनले बताए। पछिल्लो समय वीरगंजमा फुटबलको तुलनामा क्रिकेटको क्रेज बढ्दै गएको र फुटबल खेलप्रति खेलाडीको आकर्षण घटेको भन्दै फाउन्डेसनले यस वर्षदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

पहिले वीरगंजमा महेन्द्र गोल्ड कप, शहीद तेजबहादुर आमात्य गोल्ड कपलगायत प्रतियोगिता हुँदै आएकोमा हाल त्यस्ता प्रतियोगिता ओझेलमा परेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell