PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु



रासस

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

हरिवन : सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ग १ ख ८१४० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका–२ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिए।

नयाँरोड मधुवनी सडकखण्डअन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell