PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

लोभले लाभ लाभले विलाप : सेनाका अवकास पाइसकेका सुवेदार यसरी ठगिए



पहिलोपोस्ट

लोभले लाभ लाभले विलाप : सेनाका अवकास पाइसकेका सुवेदार यसरी ठगिए

काठमाडौं : 'लोभ लाभ, लाभले विलाप' भन्ने उखान नै छ। बालाजुका बच्चुराम गुरुङ्लाई अहिले ठ्याक्कै यस्तै भएको छ। नाफा खाने दाउमा गैर कानुनी काम गर्दा ठगिएका छन्। करौडौं कमाउने आशामा उनीसँग भएको पचास लाख रुपैयाँ समेत फुत्किएको छ।

नेपाली सेनाका पूर्व सुवेदार समेत रहेका गुरुङको शुक्रवार ५० लाख रुपैयाँ लुटिएको हो। शुक्रवार बिहान काभ्रेस्थलीको जंगलमा उनीसँग भएको ५० लाख रुपैयाँ लुटिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए।

लुटिएको उजुरी प्रहरीमा परेसँगै लुटेरा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ।

कसरी लुटिए पूर्व सैनिक

शुक्रवार बिहान ९ बजेतिर 'चम्किने ढुङ्गा' किन्न भन्दै उनी काभ्रेस्थली गए। साथमा ५० लाख रुपैयाँ थियो। उनलाई चिनेजानेको साथीले नै चम्किने ढुङ्गा किनेर करोडौं रुपैयाँमा बेच्न सकिने जानकारी दिएपछि उनी किन्न निस्किएका थिए। उनीसँगै ढुङ्गा किनाउने छोर्टु भन्ने साथी पनि साथमा नै थिए।

तीन जना जम्मा भएर ट्याक्सी रिजर्भ गरेर उनीहरु बनस्थलीतिर लागे। पैसा भने साथीले नै बोकेको थिए। 'तीन जना मिलेर ट्याक्सीमा गएको देखिन्छ,' डिएसपी राठौरले भने।

ट्याक्सी जंगलमुनि राखेर पैदल केही माथि पुगे उनीहरु। ढुङ्गा बेच्ने समूह जंगलमा नै आएको थियो। तर, जंगलभित्र पुगेपछि एकाएक महोल अर्को भयो। साथमा आएको साथी र ढुङ्गा बेच्ने समूहले गुरुङको पैसा लिएर फरार भए। ढुङगा पनि हात लागेन र रकम पनि फुत्कियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell