PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, २० जना घाइते



रासस

माइक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु, २० जना घाइते
प्रतीकात्मक तस्विर।

सिन्धुली : झापाबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौं महानगरपालिका-११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भइरहेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उनले बताए। माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसेको थियो। बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell