PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

अग्निको सभामुख यात्रा : निर्वाचित भएर बाहिरिँदा दिएनन् अदालतमा विचाराधीन मुद्दाको जवाफ

अग्निको सभामुख यात्रा : निर्वाचित भएर बाहिरिँदा दिएनन् अदालतमा विचाराधीन मुद्दाको जवाफ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेद्वारीको सूचना प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरेका थिए। 

आफू निर्वाचित भएपछि सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन्। द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा अधिवक्ता दिनेश त्रिपाठिले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

उनको मुद्दामाथि सनुवाइ आजै हुने भनिए पनि न्यायधीश हरि फुयालले मुद्दा हेर्न नपाउने भएपछि सभामुख चयनको बाटो खुलेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell