PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

लात्ती हान्ने प्रदेश सांसद दीपक मनाङे धरौटीमा रिहा, लात्ती खाने मिलन भने हिरासतमै



लात्ती हान्ने प्रदेश सांसद दीपक मनाङे धरौटीमा रिहा, लात्ती खाने मिलन भने हिरासतमै

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङे धरौटीमा रिहा भएका छन्। आइतवार जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी रकम बुझाएर मनाङे रिहा भएका हुन्। 

बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका सांसद मनाङेबिरुद्ध सार्वजनिक अपराधको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो। 

बिहीबार पोखराको लेक साइडबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सांसद मनाङेलाई नियन्त्रणमा लिएको थियो।
 
अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। खेलाडी व्यवस्थापन नगरेको भन्दै मनाङेले मंगलवार मुख्यमन्त्री कपको उद्घाटन समारोहमा गुरुङमाथि हातपात गरेका थिए। त्यसपछि गुरुङले मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

यो पनि : जम्मा एक लात्ती र दुई झापट हान्दा यत्रो मिडियाबाजी गरे : दीपक मनाङे, ‘सिस्टममा ल्याउन पावर नै चाहिन्छ’ 

तर, शुक्रबार मिलन स्वयं पनि पक्राउ परे। गुरुङविरुद्ध बैंकिङ कसुरको उजुरी परेकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। अदालतले गुरुङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

तत्कालीन नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङको प्रदेश सभा 'ख'बाट जीत हासिल गरेका उनी पटकपटक जेल परिसकेका व्यक्ति हुन्। कुनै बेला चर्चित 'डन'को पहिचान समेत बनाएका थिए। 

चुनाव जितेपछि पुरानो मुद्दाका कारण लामो समय सपथग्रहणसमेत नभएको उनलाई नेकपाले पार्टी प्रवेश गराउँदै प्रदेश सांसदको सपथ खुवाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell