PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जम्मा एक लात्ती र दुई झापट हान्दा यत्रो मिडियाबाजी गरे : दीपक मनाङे, ‘सिस्टममा ल्याउन पावर नै चाहिन्छ’



विष्णु गौतम

जम्मा एक लात्ती र दुई झापट हान्दा यत्रो मिडियाबाजी गरे : दीपक मनाङे, ‘सिस्टममा ल्याउन पावर नै चाहिन्छ’
गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे।

पोखरा : गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङेले सानो घटनालाई कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले ठुलो मिडियाबाजी गरेको बताएका छन्।

आज पोखरामा प्रेस मिट गर्दै मनाङेले कानुनले नदेखेका कतिपय कुरा पावरकै भरमा सिस्टममा ल्याउनुपर्ने बताए। भने, ‘कानुन भनेको यस्तै हो। कतिपय कुरा पावरकै भरमा सिस्टममा ल्याउनुपर्छ।’

कास्की एन्फाका अध्यक्ष पहिले आफ्नै टिममा रहेको र अहिले ठूलो कुरा गरेको हुनाले आफूले हातपात गरेको मनाङेको दाबी थियो।

प्रेस मिटमा उनले भने, ‘पहिले मेरै भाई हो। अहिले ठूलो कुरा गरे। जम्मा एक लात्ती र दुई झापट हानेको। यत्रो मिडियाबाजी गरे।’

खेलाडीलाई व्यवस्थापन नगरेको भन्दै मनाङेले मंगलवार गुरुङमाथि हातपात गरेका थिए। खेल व्यवस्थापन गर्न नसक्नेको कुनै काम नरहेको आरोप लगाउँदै प्रदेश सांसद मनाङले गुरुङको थप व्यवस्थापन हुने चेतावनी दिए। भने, ‘पैसा तिर भनेर व्यवस्थापन गर भनेको। मानेन। अब यसको व्यवस्थापन हुन्छ।’

यता गुरुङले भने मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी हालेका छन्। मुख्यमन्त्री कप चलिरहँदा मंगलवार सांसद मनाङले उनीमाथि हातपात गरेका थिए।

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि हातपात, 'पहिलेकै डन पारा देखाए'

दीपक मनाङेविरुद्ध कास्की प्रहरीमा उजुरी दिँदै गुरुङ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell