PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

२१ तोला सुनसहित एक युवक पक्राउ



रासस

२१ तोला सुनसहित एक युवक पक्राउ

जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए।

१६ लाख २४ हजार ६०६ रुपैयाँ मूल्य बराबरको स्रोत नखुलेको सो परिमाणको सुन बा १२ प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागेको अवस्थामा महतो पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको टोलीले मटिहानी नगरपालिका–८ स्थित सडकमा आज बेलुका करिब ५ः३० बजे जाँच गर्दा महतोलाई सुनसहित पक्राउ गरेको थियो।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell