PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दोहोरो गोल गरेर पिएसजीलाई जिताएसँगै नेइमारले ब्रायन्टलाई दिए श्रद्धान्जली, हेलिकप्टर दुर्घटनामा भएको थियो मृत्यु



पहिलोपोस्ट

दोहोरो गोल गरेर पिएसजीलाई जिताएसँगै नेइमारले ब्रायन्टलाई दिए श्रद्धान्जली, हेलिकप्टर दुर्घटनामा भएको थियो मृत्यु

लिग वान अन्तर्गत गएराति भएको खेलमा नेइमार चम्किँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलमाथि जित हात पारेको छ।

स्टेड पेरि माउरोइमा भएको खेलमा घरेलु टोलीलाई हराउन नेइमारले पहिलो हाफ र दोस्रो हाफमा समान १/१ गोल गरे। उनले खेलको २८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अग्रता बनाएको पिएसजीका लागि दोस्रो गोल पनि नेइमारले नै थपे। उनले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। यो सँगै खेल पनि पिएसजीले २-० ले जित्यो।

ब्रायन्टलाई श्रद्धान्जली दिए

नेइमारले गोल सेलिब्रेसनका क्रममा बास्केटबलका लिजेन्ड्री खेलाडी कोब ब्रायन्टलाई श्रद्धान्जली दिए। दोस्रो हाफ सकिएसँगै नेइमारले एउटा हातको २ औला र अर्को हातको ४ औंला देखाएर ब्रायन्टलाई श्रद्धान्जली दिए। २४ नम्बर ब्रायन्टको जर्सी नम्बर हो।

 

बास्केटबलको समेत फ्यान रहेका नेइमारले आकाशतिर देखाएर बल फ्याकेका थिए।

खेलपछि इन्स्टग्राममा पोस्ट गर्दै उनले ४१ वर्षीय ब्रायन्ट लिजेन्ड भएको लेखेका छन्।

 

 

ब्रायन्टको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। पाँच पटक एनबिए च्याम्पियन समेत रहिसकेका ब्रायन्टको हिजो हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनामा उनीसँगै सवार ९ जनाको पनि मृत्यु भएको थियो।

बास्केटबलमा ब्रायन्टलाई इतिहासकै उत्कृस्ट खेलाडीहरु मध्येमा लिइने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell