PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

रोनाल्डोको गोलले टारेन युभेन्टसको हार



पहिलोपोस्ट

रोनाल्डोको गोलले टारेन युभेन्टसको हार

सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस नेपोलीसँग पराजित भएको छ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि नेपोलीसँगको हार टार्न सकेन।

नेपोलीको घरेलु मैदान सन पाउलो स्टेडियममा भएको खेलमा युभेन्टस  २-१ गोल अन्तरले गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा ३ गोल भएको थियो।

खेलको ६३ औं मिनेटमा पिओट्रा जिलिन्सकीलले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए। ८६ औं मिनेटमा लोरेन्जोले दोस्रो गोल गर्दा नेपोलीले २-०को अग्रता बनायो। खेलको ९०औं मिनेटमा रोनाल्डोले गोल गरे पनि साविक विजेता टिम खेलमा फर्कन सकेन।

जारी सिजनमा युभेन्टसको यो दोस्रो हार हो। हारका बावजुत युभेन्टस ५१ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टरको ४८ अंक छ। नेपोली भने २७ अंकसहित तालिकको १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell