PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गायिका राउत प्रहरी नियन्त्रणमा, आफन्तले नै प्रहरीमा बुझाएको प्रहरीको दावी



पहिलोपोस्ट

गायिका राउत प्रहरी नियन्त्रणमा, आफन्तले नै प्रहरीमा बुझाएको प्रहरीको दावी

काठमाडौं : गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमवार बिहान महानगरीय प्रहरी कार्यालय काठमाडौंले राउतलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीको खोजी सूचिमा रहेकी गायिका राउतलाई परिवारले प्रहरीमा हाजिर गराएको प्रहरीले दावी गरेको छ।

‘उहाँको परिवारले नै बिहान हामी कहाँ ल्याउनु भएको हो। अब अनुसन्धान गर्छौं,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

माघ ५ गते गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो।

यसबीच उनी सांगीतिक कार्यक्रमका लागि भन्दै सिक्किममा थिइन्। अभद्र व्यवहारमा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गर्ने गर्दछ। 

सिक्किममा आयोजित कार्यक्रमका लागि झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत् उनले यसरी आक्रोश पोखिन्। तर महिला प्रहरीले आफूलाई गायिकाले नै अभद्र व्यवहार गरेको उजुरी दिएपछि प्रहरीले कारबाही सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell