PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

शहीद स्मारक लिगको नवौं चरण आजबाट शुरु: शीर्षस्थानको होडमा मछिन्द्र र थ्रीस्टार



पहिलोपोस्ट

शहीद स्मारक लिगको नवौं चरण आजबाट शुरु: शीर्षस्थानको होडमा मछिन्द्र र थ्रीस्टार

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट नवौं चरणको खेल शुरु हुँदैछ।

लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ भिड्ने छन्। १२ बजे सुरु हुने खेलमा आठौं स्थानमा रहेको पुलिस चौथो जित निकाल्दै चौथो स्थानमा पु्ग्ने दाउमा हुनेछ। अर्कोतर्फ एक जित र दुई बराबरी खेलेर ५ अंक बनाएको एपिएफ अंकतालिकाको १३ औं स्थानमा छ।

आजको खेलमा जित निकाल्न सकेको खण्डमा एपिएफ १० औं स्थानसम्म उक्लिन सक्छ। आजको खेलमा जित निकाले एपिएफलाई रेलिगेसनको डरबाट राहत मिल्नेछ।

त्यस्तै, आज ३ बजे शुरु हुने दोस्रो खेलमा ‘हेवी वेट’ मानिएको मछिन्द्र क्लब र सदावहार उपाधि दाबेदार मानिने थ्री स्टार आमनेसामने हुनेछन्। उपाधि होडमा रहेका दुवै टिम जारी लिगमा शीर्षस्थानका लागि संघर्षरत छन्। अंकतालिकामा मछिन्द्र क्लब १६ अंकका दोस्रो स्थानमा छ भने थ्री स्टार १४ अंकसहित चौथो स्थानमा छ।

आजको खेलमा जित निकालेको खण्डमा मछिन्द्र तालिकाको शीर्ष स्थानमा पुग्नेछ छ भने थ्री स्टारले जित हात पारे शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गर्नेछ। अहिले त्रिभुवन आर्मी क्लब १७ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ भने मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब समान १६ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell