PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ओखलढुंगामा जीप दुर्घटना, उपचारका लागि अस्पताल हिँडेका यात्रुको मृत्यु



पहिलोपोस्ट

ओखलढुंगामा जीप दुर्घटना, उपचारका लागि अस्पताल हिँडेका यात्रुको मृत्यु

काठमाडौं : ओखलढुंगामा सोमवार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका-५ को सिद्धडाँडामा सोमवार बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्युको हो।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६:३० बजे दुर्घटना भएको थियो। विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए। दुर्घटनामा परेर जीप चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ। साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell