PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

मुख्यमन्त्रीको बिमा कार्यक्रमलाई पछि पार्दै छिपहरमाई गाउँपालिका, छोरीको जन्मदर्तासँगै दुई लाखको बिमा



राधेश्याम पटेल

मुख्यमन्त्रीको बिमा कार्यक्रमलाई पछि पार्दै छिपहरमाई गाउँपालिका, छोरीको जन्मदर्तासँगै दुई लाखको बिमा

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले सञ्चालन गरेको प्रदेशस्तरीय 'छोरी पढाउ, छोरी बचाउ' अभियान अन्तर्गत बिमा कार्यक्रम चलिरहेको छ। तर, पर्साको छिपहरमाई गाउँपालिकाले भने मुख्यमन्त्रीको बिमा कार्यक्रम अगाडि नै छोरीहरुको बिमा कार्यक्रम सञ्चालन गरेको थियो। जसका कारण राउतको कार्यक्रम निश्प्रभावी भएको छ।

मुख्यमन्त्रीको बिमा कार्यक्रम अन्तर्गत् बीस वर्षमा एक लाख रुपैयाँ जम्मा हुने गरी बिमा गरिन्छ।

छिपहरमाई गाउँपालिकाले भने गण्डकी विकास बैंकसँगको सम्झौतामा बीस वर्षमा दुई लाख जम्मा हुनेगरी बिमा योजना सुरु गरेको हो। यसैले पनि स्थानीयहरु मुख्यमन्त्रीको कार्यक्रमभन्दा गाउँपालिकाको योजनाप्रति आकर्षित भएका हुन्।

गाउँपालिकाको बिमा कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७६/०७७ को सुरुवाती ३५ दिनमा जन्मिएका छोरीहरुको जन्म दर्तासँगै बिमा पनि गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिका अध्यक्ष मनोज गुप्ताले छिपहरमाई गाउँपालिकाले गत आर्थिक वर्षमा ११० जना बालिकाको बिमा गराएको थियो। गत आर्थिक वर्ष गाउँपालिकाले विमा कार्यक्रममा २२ लाख खर्च गरेको र यस वर्ष ५० लाख विनियोजन गरिएको गुप्ताले जानकारी दिए।

उनले गाउँपालिकाका पाँच वडामा 'बर्थिङ सेन्टर' स्थापना र गर्भवति महिलाहरुको लागि आवश्यक पोषक अहार उपलब्ध गराउन पोषण कार्यक्रम पनि लागू गर्न लागिएको समेत बताए। भने,'गाउँघरमा हुने छोरा छोरी बीचको विभेदलाई चिर्न र छोरीलाई छोरा सरहनै शिक्षा दीक्षा दिनुस्। त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्छ।'  

उनले प्रदेश सरकारले सुरु गरेको 'छोरी पढाउ, छोरी बचाउ' अन्तर्गतको बिमा कार्यक्रम पनि लागू गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell