PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

झण्डै २३ लाख नगदको साथमा वडाध्यक्षसहित १६ जुवाडे पक्राउ



एम बम

झण्डै २३ लाख नगदको साथमा वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

कैलाली : प्रहरीले कैलालीको धनगढीबाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराति जुवा खेलिरहेका १६ जनालाई २२ लाख ८२ हजार नगदसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसमेत रहेका छन्। उनी नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष हुन्।

विषेश सुचनाका आधारमा राति करिब १० बजे मिलन चोकका तिलक अधिकारीको घरमा छापामारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्ष (डिएसपी) दक्ष कुमार बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell