PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरीद्वारा भरुवा बन्दुक बरामद



पहिलोपोस्ट

प्रहरीद्वारा भरुवा बन्दुक बरामद

काठमाडौं : सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ बाट भरुवा बन्दुक र बारुदसहित आइतबार एक व्यक्ति पक्राउ परेका छन्। सोही गाउँपालिका वडा नं २ निम्लुङ बस्ने ५० वर्षीया मेन दोर्जे स्याङ्बोको साथबाट १ थान भरुवा बन्दुक र करिव ५० ग्राम बारुद बरामद गरेको हो।

बन्दुक र बारुद बोकेरै हिँडिरहेको अवस्थामा प्रहरी चौकी तेम्बाथानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित चारपाला सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटिएको छ। प्रहरीले आइतबार दिउसो वनबाटै १ थान बन्दुक बरामद गरेको हो।

बन्दुक कसले र किन लुकाएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell