PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

निकितालाई मन पर्‍यो विराजसँगको सहकार्य, ‘फेरी सँगै काम गर्न चाहन्छु’



पहिलोपोस्ट

निकितालाई मन पर्‍यो विराजसँगको सहकार्य, ‘फेरी सँगै काम गर्न चाहन्छु’

काठमाडौं : पूर्वमिस नेपाल निकिता चाण्डक यति बेला फिल्म ‘साङ्लो’को प्रोमोसनमा व्यस्त छिन्। यसै फिल्मबाट निकिताले नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्।

फिल्ममा निकिता र विराज भट्टले पहिलो पटक स्क्रिन शेयर गर्दै छन्। फिल्मको पहिलो गीत र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएसँगै आगामी दिनमा पनि विराजकै फिल्ममा काम गर्ने इच्छा रहेको निकिताले बताएकी छिन्।

‘यो प्रोजेक्ट पछि म फेरी विराजजी सँगै काम गर्न चाहन्छु,’ उनले भनिन्।

त्यसो त आफ्नो डेब्यु फिल्मलाई लिएर निकिता निकै उत्साहित छिन्। साथै एक्सन किङ विराजसँग सहकार्य गर्न निकै सहज भएको निकिताले बताइन्।

प्रदर्शनको हिसाबले यो निकिताको डेब्यु फिल्म भए पनि यसअघि उनले ‘रानी महल’मा अभिनय गरेकी थिइन्। तर प्राविधिक कारणले गर्दा उक्त फिल्मको छायांकन बीचमै रोकिएको थियो।

लामो समयको अन्तरालपछि नेपाली फिल्ममा ‘कम ब्याक’ गरेका विराज भट्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन्। तीन वर्षअघि विराज फिल्म ‘जय पर्शुराम’मा देखिएका थिए। तर उक्त फिल्मले नेपाली बक्स अफिसमा व्यापारिक सफलता हात पारेन।

‘साङ्लो’मा निकिता र विराजसँगै जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, लय संग्रौला, अमित गिरी, भिष्म जोशी लगायतको अभिनय रहेको छ। एक्सन जनाराको ‘साङ्लो’ माघ २४ गतेदेखि प्रदर्शनमा आउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell