PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा



पहिलोपोस्ट

एपिएफलाई हराउँदै नेपाल पुलिस पाँचौं स्थानमा
नेपाल पुलिस क्लबका खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष ५ मा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ माथि १-० को संघर्षपूर्ण जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गरेको हो।

खेलको १३ औं मिनेटमा एपिएफका खेलाडीले भरत शाहलाई पेनाल्टी बक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै अग्रता बनायो। कप्तान भोला सिलवालले गरेको उक्त गोल पुलिसको जितका लागि निर्णायक गोल बन्न पुग्यो।

दोस्रो हाफमा एपिएफले केही राम्रा अवसरहरु बनाए पनि खेलमा फर्कन भने सकेन। जितसँगै पुलिस ९ खेलमा ४ जित २ बराबरी र ३ हार ब्यहोर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

आजै हुने दोस्रो खेलमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबसँग खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell