PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

देउवा पुग्दा सानेपामा मुक्का हानाहान, नेविसंघका दुई जना घाइते

देउवा पुग्दा सानेपामा मुक्का हानाहान, नेविसंघका दुई जना घाइते

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका बिद्यार्थीबीच झडप भएको छ। 

पार्टीको केन्द्रीय समितिको बैठकका लागि पार्टी सभापति देउवा सानेपा पुग्नेवित्तिकै झडप भएको हो। झडपमा परी दुई जना विद्यार्थी घाइते भएका छन्।

कार्यालयमा सभापति देउवा आइपुग्नसाथ संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थी बीच झडप भएको हो।

पूर्व महामन्त्री काफ्ले समूहले पार्टीले विधान लत्याएको भन्दै देउवाविरुद्ध खबरदारी गरेका थिए। नेविसंघको २०७५ मा भएको सातौं संसोधनमा सदस्य हुन ३२ वर्षमुनिको हुनुपर्ने व्यवस्था छ।
 
पार्टीले विधानलाइ लत्याएर पचास वर्षमाथिका राजीव ढुंगानालाइ नेविसंघको सभापति वनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell