PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

८३ यात्रु रहेको विमान अफगानिस्तानमा दुर्घटना



पहिलोपोस्ट

८३ यात्रु रहेको विमान अफगानिस्तानमा दुर्घटना

अफगानिस्तानमा एरियन एयरलाइन्स दुर्घटनामा परेको छ। ८३ यात्रुसहित उडेको विमान घाजिनी प्रान्तको देह याक जिल्लाबाट १५ किलोमिटर दुरीमा दुर्घटना भएको हो।

दुर्घटना भएको प्रान्त तालिबानीहरुको नियन्त्रणमा रहेको क्षेत्र भएकाले उद्दारकर्मीलाई सहज नरहेको बताइएको छ। अफगानिस्तानको राष्ट्रिय ध्वजावाहक स्थानी समयअनुसार १:१० बजे दुर्घटनामा परेको प्रान्तीय सरकारका प्रवक्ता अरिफ नुरीले जानकारी दिएका छन्।

स्थानीय मिडियाले जनाएअनुसार विमानमा प्राविधिक कारणले आगो लाग्न पुगेको थियो। थप विवरण आउन बाँकी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell