PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

१० दिनमा ५ हजार बढी छोरीको गरियो ‘शिक्षा बिमा’



राधेश्याम पटेल

१० दिनमा ५ हजार बढी छोरीको गरियो ‘शिक्षा बिमा’
फाइल फोटो।

वीरगंज : २ नम्बर प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको ‘छोरी शिक्षा बिमा’ शिविर मार्फत हाल सम्म ५ हजार भन्दा बढी छोरी बिमित भएका छन्।

२०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गर्दिने घोषणा गरेको थियो। सोही अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै सञ्चालन गरिएको अभियान प्रभावकारी भने हुन सकेन। अभियानलाई प्रभावकारी बनाउन शिविर नै सञ्चालन गरेर बिमा गराइएको बताइएको छ।

शिविरमार्फत सप्तरीमा आठ सय ८८, सिरहामा ६ सय ६३, धनुषामा तीन सय ४६, महोत्तरीमा छ सय ४५, सर्लाहीमा सात सय ६८, रौतहटमा चार सय ६२, बारामा आठ सय ५ र पर्सामा चार सय ६३ छोरीको बिमा गराइएको छ। बिमाको प्रक्रिया प्रदेश सरकारले शिविरमार्फत नै पुरा गर्ने व्यवस्था गरेको छ।

शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ। माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठ वटै जिल्लामा एक साथ शुरु गरेका शिविर फागुन पहिलो साता सम्म प्रत्येक स्थानीय तहमा सञ्चालन हुने बताइएको छ।

शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाउँपालिकामा एक दिन सञ्चालन गरिने गरिएको छ। यसका साथै शिविरमा बिमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि निःशुल्क इन्टरनेट सेवा समेत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell