PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

यस्तो देखियो उपाधि दाबेदार थ्री-स्टारमाथि मछिन्द्र हाबी भएको खेल

यस्तो देखियो उपाधि दाबेदार थ्री-स्टारमाथि मछिन्द्र हाबी भएको खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबलाई मछिन्द्र क्लबले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले थ्री-स्टारविरुद्ध २ गोल गर्‍यो। तर मछिन्द्रविरुद्ध भने थ्री-स्टारले गोल फर्काउन सकेन।

पहिलो हाफमा १ गोलले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा अर्को गोल थप्यो। मछिन्द्रका लागि खेलको ३८ औँ मिनेटमा रेजिन सुब्बाले र ९० औँ मिनेटमा विशाल राईले गोल गरे।

जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। मछिन्द्र १९ अंकसहित शीर्ष स्थानमा रहँदा आर्मी १७ अंकसहित दोश्रो स्थानमा र मनाङ १६ अंकसहित तेस्रोमा छ।

खेलपछिको प्रेस कन्फ्रेन्समा थ्री-स्टारका प्रशिक्षक मेघराज केसीले खेल राम्रो भएर पनि गोल गर्न चुकेको बताए। आजको प्रतिस्पर्धा राम्रो भएको बताउँदै उनले खेलमा सन्तुष्ट भएको सुनाए।

त्यस्तै मछिन्द्रका कोच प्रवास कटवाले आजको खेलबाट अहिले सम्मकै सन्तुष्ट भएको बताए। उनले सोचे अनुसार नै खेल भएको बताउँदै भएका केही कमजोरीहरु सुधार्ने बताए। केही खेलाडीहरु घाइते हुँदा समस्या परेको उनको भनाइ थियो।



ट्रेन्डिङ पोस्ट

Ncell