PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

दीपेन्द्र लामाको चौथो फिल्म 'दुई नम्बरी' घोषणा



पहिलोपोस्ट

दीपेन्द्र लामाको चौथो फिल्म 'दुई नम्बरी' घोषणा

काठमाडौं : फिल्म 'दुई नम्बरी' बन्ने भएको छ। फिल्म समीक्षक समेत रहेका दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्मको सोमबार औपचारिक घोषणा भयो। फिल्ममा कथा तथा पटकथा समेत दीपेन्द्र कै रहनेछ।

किरण नेपालीले निर्माण गर्न लागेको फिल्म दुई नम्बरीमा कलाकारहरु पल शाह, वर्षा राउत, दयाहाङ राई, बुद्धी तामाङ, जयनन्द लामा लगायतको मुख्य भूमिका रहनेछ।

माघको अन्तिमबाट छायांकनका लागि फ्लोरमा निस्कने फिल्मको रिलिज टार्गेट २०७७ को जनै पूर्णिमाको दिन गरिएको छ।

निर्देशक लामाका यसअघि घामपानी, गोपी, छ माया छपक्कै प्रदर्शनमा आइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell