PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरगंजमा कोरियन कम्पनी ‘दुसान’को शोरुम बन्यो, बैशाखदेखि सञ्चालनमा आउने



राधेश्याम पटेल

वीरगंजमा कोरियन कम्पनी ‘दुसान’को शोरुम बन्यो, बैशाखदेखि सञ्चालनमा आउने

वीरगंज : वीरगंज-पलैया सडकखण्डमा हेभी सवारी साधन उत्पादन गर्ने कोरियन कम्पनी ‘दुसान’को शोरुम बनेको छ। नेपालस्थित दुसानको आधिकारिक बिक्रेता इन्टरनेसनल कन्सट्रक्सन प्रालिले वीरगंज क्षेत्रको लागि उक्त वर्कसप तथा शोरुमको निर्माण गरेको हो।

नेपालमा काठमाडौं, धनगढी, नेपालगञ्ज, नारायणी, तथा ईटहरीमा यसअघि शोरुम स्थापना भइसकेको बताइएको छ। वीरगंजको शोरुममा नेपाली सवारी धनीको लागि सुविधा सम्पन्न वर्कसप पनि स्थापना गरिएको इन्टरनेसनल कन्सट्रक्सन प्रालिका प्रबन्धक काशीराम तिवारीले जानकारी दिए।

साढे ३ करोडको लागतमा उक्त शोरुम बनेको बताइएको छ। १२ वर्ष पहिले ‘दुसान’को आधिकारिक विक्रेताको रुपमा काम शुरु गरेको कम्पनीले नेपाली ग्राहकलाई हेभी सवारी साधनमा प्रभावकारी र गुणस्तरीय सेवा दिन वीरगंज करिडोरमा यस्तो शोरुम ल्याएको प्रबन्धक तिवारीको भनाइ छ।

उक्त शोरुम आगामी वर्षको बैशाखदेखि सञ्चालनमा ल्याइने हिसाबले फनिसिङको काम चलिरहेको उनले बताए। ‘दुसान’को शोरुममा हेक्साभेटर, ब्याकहो लोडर, ह्विल लोडर विक्रीको लागि राखिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell