PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

ए डिभिजन लिगमा आज दुई खेल : शीर्ष स्थानमा पुग्ने दाउमा आर्मी



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल : शीर्ष स्थानमा पुग्ने दाउमा आर्मी

काठमाडौं :  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। १२ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब दोस्रो जित निकाल्ने दाउमा हुने छ। ८ खेलमा एकमामात्र जित निकालेको शेर्पा क्लबले ४ बराबरी खेलेको छ। आजको खेलमा जित निकाले उ नवौं स्थानमा पुग्न सक्छ।

अर्कोतर्फ जारी लिगमा जितबिहीन सरस्वती युथ क्लब रेलिगेशन जोनबाट माथि उठ्ने प्रयासमा रहने छ। उसले एक खेल बराबरी खेलेर १ अंक जोडेर तालिकाको पुछारमा छ।

आजै ३ बजे सुरु हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लब (टिएसी)को सामना गर्ने छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी पुनः शीर्ष स्थानमा उक्लने दाउमा छ। पछिल्ला चरणहरुमा अंकतालिकाको शीर्ष स्थानमा रहेको आर्मी आज पनि जित निकाल्दै त्यसलाई निरन्तरता दिन चाहन्छ। सोमवारको खेलमा मछिन्द्रले थ्री स्टारलाई हराएसँगै आर्मी दोस्रो स्थानमा झरेको थियो। अर्कोतर्फ सातौं स्थानमा रहेको जावलाखेल आर्मीलाई रोक्दै शीर्ष चारमा प्रवेश गर्ने दाउमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell