PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै



पहिलोपोस्ट

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै
फाइल फोटो।

काठमाडौं : केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ। बैठक आज बेलुकी ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ।

सचिवालयले बुधवार (भोलि)बाट शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गतेका लागि बोलाएको थियो। तर, माघ ९ को राष्ट्रिय सभाको तयारीका लागि भन्दै बैठक सारिएको थियो।

भोलिबाट केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा चल्नेछ। नेकपामा पार्टी एकतापछि औपचारिक रुपमा पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठकमा आमन्त्रित सदस्यसमेत गरी कूल ४४७ जना सहभागी हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell