PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

६ जना एचआइभी संक्रमितले जन्माए सुरक्षित शिशु



रासस

६ जना एचआइभी संक्रमितले जन्माए सुरक्षित शिशु

चितवन : विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणबाट चितवनमा १०६ जना नयाँ एचआइभी संक्रमित भेटिएका छन्।

भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ संक्रमण भेटिएको हो। संक्रमितमध्ये १०४ जनाले नियमित औषधि सेवन गर्दै आएका छन्। संक्रमितको संख्या ९९१ पुगेको छ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी संक्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ जनालाई औषधि प्रदान गरिएको छ। गत वर्षमा ६ जना संक्रमितले सुरक्षित बच्चा जन्माएका छन्। गत वर्ष १३ संक्रमितले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell