PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर



पी बी खड्का

टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनावग्रस्त बन्यो वीरेन्द्रनगर
मोटरसाइकललाई ठक्कर दिने टिपर (बायाँ), ठक्करबाट सडकमा पल्टिएको मोटरसाइकल (माथि) र दोषीलाई कारबाहीको माग गर्दै सडकमा बालिएको टायर(तल)।

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको घटनास्थलमै मत्यु भएको हो।

विपरित दिशाबाट आउँदै गरेको भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि करिब २० मिटर टाढासम्म घिसारेको थियो। घटनालगत्तै प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ।

मृतकका आफन्तले अहिले वीरेन्द्रनगरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले वीरेन्द्रनगरको मुख्यबजार बन्द गराएका छन् भने सडकमा यातायातका साधन आवागमनमा अवरोध गरेका छन्।

उत्तेजित प्रदर्शनकारीले जवर्जस्ती बजार बन्द गराउने भन्दै तोडफोड, ढुंगा मुढा गरेपछि ठूलो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरुले चालकलाई कडा कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन्।

उद्योग वाणिज्य संघद्वारा सुरक्षाको माग

सुर्खेत उद्योग वाणिज्य संघले सुरक्षाको माग गरेको छ। बजार बन्द गराउने निहुँमा संघको कार्यालयसहित बजार क्षेत्रका पसलहरुमा ढुंगा मुडा र तोडफोड गरेको भन्दै संघले प्रहरीसँग शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

क्षति भएका निजी सम्पत्तिको उचित मूल्यांकन गरी पीडितहरुलाई उचित क्षतिपूर्ति र तोडफोडमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन विज्ञप्तिमार्फत संघले माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell