PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा



पहिलोपोस्ट

आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन्। मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटी बुझाएर उनी रिहा भएकी हुन्। जिल्ला प्रशासन कार्यालयमा उनले ४ हजार रुपैयाँ बुझाइन्।

प्रहरीको खोजी सूचीमा रहेकी राउतलाई परिवारले सोमबार प्रहरीमा हाजिर गराएको थियो। प्रहरीले सोमवार नै जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरेको थियो।

'४ हजार रुपैयाँ धरौटी बुझाएपछि हामीले छोडेका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

माघ ५ गते गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो।

सिक्किममा आयोजित कार्यक्रमका लागि झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै भिडियोमार्फत् उनले यसरी आक्रोश पोखिन्। तर, महिला प्रहरीले आफूलाई गायिकाले नै अभद्र व्यवहार गरेको उजुरी दिएपछि प्रहरीले कारबाही सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell