PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोना भाइरसले फेरेको विमानस्थलको स्वरुप : प्रहरीदेखि यात्रुसम्म सबैको मुखमा मास्क

कोरोना भाइरसले फेरेको विमानस्थलको स्वरुप : प्रहरीदेखि यात्रुसम्म सबैको मुखमा मास्क

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ‘कोरोना भाइरस’को विश्वव्यापी 'त्रास'मा नेपाल छुटोस् कसरी? लगातार मानिसहरुमा यो भाइरसको संक्रमण फैलिनेक्रम बढेपछि सबैतिर सचेतना फैलाउनेक्रम पनि बढेको छ।

अन्यत्र झै, नेपालमा पनि कोरोना भाइरसको प्रभाव परेको छ। विमानस्थलमा हेल्थ डेस्क जसरी सुधार भएको छ त्यसले सरकारको तयारी कुन रुपमा भइरहेको छ भन्ने देखाउँछ।

मंगलवार विमानस्थल पुग्दा देखिएको दृष्य भने अरु समयभन्दा फरक थियो। कोरोनाकै कारण यात्रुहरुले मास्क लगाएको देखिन्थ्यो। यात्रुमात्र होइन, विमानस्थलमा खटिएका प्रहरीदेखि कर्मचारी सबै मास्कमा थिए।

हेल्थ डेस्कलाई व्यवस्थित बनाउन विमानस्थलमा ८ जना सुरक्षाकर्मी परिचालन भएका छन्। विमानस्थलमा स्क्यानर मेसिन समेत राखिएको छ जसले यात्रुहरुको तापक्रम मोनिटरिङ गर्छ। कुनै यात्रुको शरीरको तापक्रम बढी भएको देखियो भने स्क्यानरले नोटिस दिने रहेछ। त्यसैका आधारमा यात्रुलाई थप परीक्षण गरिन थालेको छ। आवश्यक परे त्यस्ता व्यक्तिलाई उपचारका लागि सिफारिस पनि गर्न थालिएको छ।

विमानस्थलका कर्मचारीदेखि विमान चालक र एयरहोस्टेस पनि मास्कमै आवत जावत गरिरहेको देख्दा विमानस्थलको फेरिएको अवस्थालाई बुझ्न सकिन्छ। हेर्नुस् फोटो :

विमानस्थलमा हेल्थ डेस्क।
तापक्रम लिने स्क्यानर मोनिटर
यही मोनिटरमा यात्रुको तापक्रमबारे जानकारी उपलब्ध हुन्छ
तापक्रम स्क्यान गर्ने मेसिन
विमानस्थलमा सुरक्षाकर्मी
यात्रुहरु यसैगरी आउजाउ गर्छन्
स्वास्थ्य सुरक्षाका लागि प्रविधिको प्रयोग
प्रविधिले फेरेको विमानस्थल
यात्रुहरुको आगमन


ट्रेन्डिङ पोस्ट

Ncell