PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ



रासस

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान : गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका-२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell