PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शहीद स्मारक लिगमा आज मनाङ र संकटा भिड्दै



पहिलोपोस्ट

शहीद स्मारक लिगमा आज मनाङ र संकटा भिड्दै

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङदी क्लबले संकटा क्लबको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा खेल ३ बजे शुरु हुनेछ।

जारी सिजन अपराजित मनाङ अंकतालिकाको तेस्रो स्थानमा रहँदै उपाधि होडमा छ। ८ खेल सकिँदा मनाङले ४ जित र ४ बराबरी खेल्दै १६ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा मनाङले दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबरी गर्नेछ।

अर्कोतर्फ संकटा क्लब ८ खेलमा ३ जित ३ बराबरी र २ हार ब्यहोर्दै १२ अंक जोडेर तालिकाको आठौं स्थानमा छ। संकटाले आजको खेलमा जित निकालेको खण्डमा शीर्ष ४ मा उक्लने छ।

नवौं चरणमा शीर्ष तीन भित्रका मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालिसकेकाले उपाधि होडमा कायम रहन मनाङलाई जितको आवश्यकता छ। शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २० अंक र दोस्रो स्थानको मछिन्द्र क्लबको १९ अंक छ। आजको खेलमा जित निकाले मनाङको पनि १९ अंक हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell