PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

जब ‘अन्डरडग’ मानिएका टोकुसोर्यू सुमो च्याम्पियन बने र रुन थाले...



पहिलोपोस्ट

जब ‘अन्डरडग’ मानिएका टोकुसोर्यू सुमो च्याम्पियन बने र रुन थाले...

एकजना रेस्लरले कुस्ती जितेपछि कसरी त्यसलाई सेलिब्रेट गर्ला? सबैको आआफ्नो तरिका त हुन्छन् नै। तर, जापानको टोकियोमा भएको ग्रान्ड सुमो टुर्नामेन्टमा टोकुसोर्यूको सेलिब्रेसनले सबैलाई अचम्मित बनायो।

प्रतियोगितामा टोकुसोर्यूलाई ‘अन्डरडग’ सुमो खेलाडीका रुपमा हेरिएको थियो। वरियतामा पनि निकै पछि रहेको उनको प्रतिस्पर्धा थियो टाकाकेइसोसँग। जो थिए पूर्व च्याम्पियन। तर, सबैले सोचेभन्दा फरक टोकुसोर्यूले खेल जिते र उनी रुन थाले। जुन सुमोमा खासै नदेखिने दृश्य थियो।

उनी १५ खेल मध्ये १४ खेलमा विजयी रहे।

उनी तल्लो बरीयताका पहिला सुमो रेस्लर हुन जसले टप डिभिजनको टाइटल हात पारे। १ सय ८१ केजीका उनी १ दशमलब ८१ मिटर अग्ला छन्।

‘म सायद धेरै नै रोएँ होला, मैले त्यतिबेला दवावरहित भएको अनुभव गरिरहेको थिएँ,’ उनले भने।

ट्रफी उठाइसकेपछि प्रतिकृया दिँदै भनेका छन्, ‘भित्रभित्र मलाई लालिरहेको थियो, मैले यो च्याम्पियनसिप जित्न ठीक हो त? म त सबैभन्दा तल्लो बरियताको फाइटर थिएँ। म डराउनु पर्ने कारण थिएन। किनभने मैले गुमाउनुपर्ने केही थिएन। मैले मात्र सक्ने जति प्रयास गर्नुपर्ने थियो।’

सुमो रेसलिङ जापानमा धेरै रुचाइने खेल हो। यो परम्परागत रुपमै जापानमा खेलिँदै आएको खेल पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell