PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लग्जम्बर्गका विदेशमन्त्री नेपालमा



रासस

लग्जम्बर्गका विदेशमन्त्री नेपालमा
लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्न। Photo: luxtimes.lu

काठमाडौं : लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका छन्। आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। आजै लग्जम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीवार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell