PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान



पहिलोपोस्ट

रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान

काठमाडौः रौतहटमा प्रहरी र अवैध गतिविधिमा संलग्न भारतीय समूहबीच गोली हानहान भएको छ।

इशनाथ नगरपालिका १ वकैया खोलाको बाँधस्थित प्रहरी टोलीमाथि बुधवार बिहान गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले हानेको गोली लागि भारत बिहार मोतिहारी राजजटौलिया ग्राम पंचायत ४ बस्ने २१ वर्षीय शेख चान्दली घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहट र सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको मोटसाइकलमा सवार तीन जनाले प्रहरीलाई लक्षित फयार गरेकोमा प्रहरीले आत्मरक्षाका लागि फायर गर्दा मोटरसाइकलमा सवारमध्ये चान्दली घाइते भएको प्रहरीको दावी छ।

घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। साथै प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको छ।

मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।                                                                  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell