PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एभरेस्ट प्रिमियर लिगमा अर्का विदेशी खेलाडीको इन्ट्री, चितवन टाइगर्सबाट खेल्दै मोहम्मद सहजाद



पहिलोपोस्ट

एभरेस्ट प्रिमियर लिगमा अर्का विदेशी खेलाडीको इन्ट्री, चितवन टाइगर्सबाट खेल्दै मोहम्मद सहजाद

काठमाडौं: एभरेस्ट प्रिमियर लिगका लागि चितवन टाइगर्सले अफगानिस्तानका मोहम्मद सहजादलाई भित्र्याएको छ। इपिएलको आधिकारिक ट्वीटरबाट सहजाद इपिपिएलमा चितवनबाट खेल्ने पुष्टी गरिएको हो।

सहजाद अफगानी राइटह्यान्ड ब्याट्सम्यान तथा विकेटकिपर हुन्। अफगानिस्तानले पहिलो टेस्ट म्याच खेल्दाको समयको उनी टिमको एक सदस्यसमेत थिए।

३३ वर्षीय उनले भारतविरुद्ध ओडिआइमा शतक बनाएर कीर्तिमान कायम गरेका थिए। उक्त खेलमा अफगानिस्तान १ सय ३१ रनमा समेटिएको थियो। ब्याट्सम्यानले ओडिआइमा शतक हानेर पनि टिम कम स्कोरमा समेटिएको यो एउटा कीर्तिमान हो।

सहजादले २ टेस्ट, ८४ वानडे र ६५ टी२० खेलिसकेका छन्। फर्स्टक्लास क्रिकेटमा उनको ब्याटिङ औषत ५० भन्दा माथि छ। सबै फर्म्याटमा गरी उनले १३ हजार भन्दामाथि रन बनाइसकेका छन्। उनले अबुधावी टी२०, बंगलादेश प्रिमियर लिग तथा अफगानिस्तान प्रिमियर लिग खेलिसकेको अनुभव छ।

'हाम्रो लामो समयको प्रयास र उनी आफै पनि इच्छुक भएपछि हामी सहमतीमा पुगेका हौं। साहजादको आगमनले चितवनको ब्याटिङमा नयाँ आयाम दिने विश्वास हामीले लिएका छौं,' चितवनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

JUST IN: Former Afghanistan Opener Mohammad Shahzad has been confirmed by @ChitwanTigers to play the 2020 season of @eplt20official! #eplt20 pic.twitter.com/wTL4UPEaDc

— EPL - Everest Premier League (@eplt20official) January 29, 2020

पछिल्लो समय इपिएलमा चर्चित खेलाडीहरु भित्र्याउने होड चलेको छ।

केही दिनअघिमात्र ललितपुर प्याट्रियट्सले श्रीलंकन ब्याट्सम्यान उपुल थरंगालाई भित्र्याएको थियो। वेस्टइन्डिजका ड्वाने स्मिथ भैरहवा ग्लाडियटर्समा अनुबन्धित भएका थिए। यस्तै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी काठमाडौं किंग्स ११ पुगेका थिए। पछिल्लो समय क्रिकेटका ठूला नाम चलेका खेलाडी भित्र्याउने भनेर इपिएल चर्चामा छ।

यद्यपि नेपालकै अरु लिग खेलेका विदेशी खेलाडी इपिएलमा खेल्न नपाउने नियमका कारण भने इपिएल आलोचित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell