PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सिभिल मलका ५० प्रतिशत सेयर साझेदार गुरुङ पनि आर्थिक संकटमा, सहकारीले निकाल्यो सूचना



पहिलोपोस्ट

सिभिल मलका ५० प्रतिशत सेयर साझेदार गुरुङ पनि आर्थिक संकटमा, सहकारीले निकाल्यो  सूचना

काठमाडौं : सुन्धाराको सिभिल मलमा लगानी गरेका इच्छाराज तामाङका अर्का साझेदार पनि आर्थिक संकटमा परेका छन्। तामाङसँगै अर्को ५० प्रतिशत सेयर रहेका लालकाजी गुरुङ आर्थिक संकटमा परेका हुन्।

उनले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको छ। त्यसपछि पनि नतिरे सेयर लिलाम हुने छ।

पोखराका लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता सेयर सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थामा धितोमा छ। उनले लामो समयदेखि साँवा-ब्याज तिर्न नसकेको भन्दै सहकारीले मंगलबार ३५ दिने सूचना जारी गरेको हो।

सिभिल मल सिभिल बिजनेस कम्प्लेक्स प्रालि अन्तर्गतको कम्पनी हो। यसमा लालकाजी र इच्छाराज तामाङको ५०/५० प्रतिशत सेयर साझेदारी छ। उनीहरूबीच दुई दशकदेखि ब्यवसायिक साझेदारी चल्दै आएको छ।

स्रोतहरुका अनुसार, दुई जनाबीच ब्यवसायकै कारण बेमेल भएपछि सेयर लिलाम गर्ने चरणमा पुगेको हो। इच्छाराजको सिभिल होम्स ग्रुपमा पनि गुरुङ साझेदार छन्। यो ग्रुपले सिभिल सहकारीबाट सात अर्बभन्दा बढी ऋण लिए पनि तिर्न सकेका छैन।

रियल स्टेट कारोबारमा समस्या आएपछि उनीहरू अप्ठेरोमा परेको स्रोतहरुको दाबी छ। आर्थिक संकट पर्दै गएपछि दुवैजना बीच झगडा सुरू भएको बताइन्छ।

'दुई जनाको झगडाका कारण ३५ दिने सूचना जारी गर्नुपर्ने अवस्था आएको हो,' स्रोतले भन्यो, 'एकले अर्कालाई दोष लगाउँदा समस्या उत्पन्न भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell