PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

टोखामा पाँच वटा पार्क बन्ने, दुई वटाको निर्माण शुरु



रासस

टोखामा पाँच वटा पार्क बन्ने, दुई वटाको निर्माण शुरु
प्रतीकात्मक तस्विर। Photo: Indiatvnews.com

काठमाडौं : काठमाडौंको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ। टोखा नगरपालिकाले चालु आर्थिक वर्षमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो।

टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनससंख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो। काठमाडौं महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि एक/एक करोड वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका-१ बौडेश्वरमा तीन करोड ३२ लाख रुपैयाँको लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताए।

‘बालबालिकालाई खेल्नदेखि आराम गर्न मिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौँ, ’ उनले भने।

यस्तै टोखा नगरपालिका-५ मा एक करोड ५६ लाख रुपैयाँको लागतमा कल्की मन्दिर पार्क निर्माण गर्न लागिएको छ। उक्त पार्कको शिलान्यास भइसकेको नगरपालिका प्रमुख अधिकारी बताउँछन्। उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्छ।

टोखा नगरपालिकाले तीनवटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ। टोखा-३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा-८ मा बन्न लागेको जालपा पार्क र टोखा-१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदैछ।

नगरपालिकाले झुडोल पार्क निर्माणका लागि १० लाख, जालपा पार्क निर्माणका लागि ५० लाख र महिन्द्रेश्वर पार्क निर्माणका लागि १५ लाख रुपैयाँ वजेट विनियोजन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell