PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

१२ लाख भारु लिएर नेपाल छिरेका एक भारतीय नागरिक पक्राउ



राधेश्याम पटेल

१२ लाख भारु लिएर नेपाल छिरेका एक भारतीय नागरिक पक्राउ
पक्राउ परेका भारतीय नागरिक सुभाष चन्द।

वीरगंज : पर्सा प्रहरीले भारतको रक्सौलबाट वीरगंज हुदै काठमाडौंतर्फ जादै गरेका एक भारतीय नागरिकलाई स्रोत नखुलेको १२ लाख भारुसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा आज दिउँसो सवारी जाँचको क्रममा वीरगंजको घण्टाघर चोकबाट भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम बस्ने ३२ बर्षीय सुभाष चन्दलाई पक्राउ गरेको हो। चन्द सवार बा ६ च ७४४० नम्बरको सेन्ट्रो कार र १२ लाख भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वीरेन्द्रबहादुर शाहीले बताए।

चन्द्रले शरिरमा लुकाई छिपाई भारु दुई हजार दरका नोट ६ सय थान लिएर काठमाडौं जाँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए। पक्राउ परेका चन्दलाई थप कारबाहीका लागि राजस्व विभागको पथलैयास्थित कार्यालयमा बुझाइएको डिएसपी शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell