PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

निम्बसको उद्योगमा चोरी गर्ने एक जना पक्राउ



राधेश्याम पटेल

निम्बसको उद्योगमा चोरी गर्ने एक जना पक्राउ

वीरगंज : वीरगंज महानगरपालिका वडा नम्बर २१ मा रहेको निम्बस समूहको प्रोवाइटेक इण्ड्रस्ट्रिजमा गत शुक्रवार राति चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रातको समयमा उद्योगको पर्खालको भेन्टिलेसन फोरेर दुई वटा कम्प्युटर सेट सहितका सामग्री चोरेको आरोपमा प्रहरी चौकी परवानीपुरले वीरगंज २१ का १६ बर्षीय सुमन पटेललाई पक्राउ गरेको हो। पटेलको गिरोहमा १० जना पेशेवर चोर रहेको र हाल फरार रहेका उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरेन्द्र बहादुर शाहीले जानकारी दिए।

सो उद्योगबाट पटक पटक गरी खाद्यान्न लगायत अन्य सामान समेत ठूलो परिमाणमा चोरी भएको थियो। उद्योगमा पटक पटक चोरी हुन लागेपछि उद्योगका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश वैठाले प्रहरीमा उजुरी दिएका थिए। प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक त्रिभुवन साहको टोलीले घटनाको अनुसन्धानपछि पटेललाई कम्प्युटरसहित पक्राउ गर्न सफल भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell