
इफएल कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडले घरेलु टोली सिटीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
युनाइटेडको जितमा नेमन्जा म्याटिकले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। खेल अवधिभर सिटीले युनाइटेडमाथि दबाब बनाए पनि गोल गर्न नसक्दा म्याटिकको गोल नै युनाइटेडको जितका लागि निर्णायक बन्यो। यद्यपि खेलको ७६ औं मिनेटमा उनी रेड कार्ड खाँदै बाहिरिएका थिए।
हारका बावजुत म्यानचेस्टर सिटी इएफल कपको फाइनलमा पुगेको छ। पहिलो लेगमा ३-१ ले युनाइटेडलाई हराएको सिटीले दोस्रो लेग १-० ले गुमाउँदा पनि ३-२ ले अगाडि रहँदै फाइनलको यात्रा तय गरेको हो। फाइनलमा सिटीले एस्टोन भिल्लाको सामना गर्नेछ।