PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

वेस्ट ह्याममाथि जितसँगै लिभरपुलको १९ अंकको अग्रता



पहिलोपोस्ट

वेस्ट ह्याममाथि जितसँगै लिभरपुलको १९ अंकको अग्रता

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले घरेलु टोली वेस्टह्याममाथि जित निकालेको छ। लन्डन स्टेडियममा भएको खेलमा लिभरपुलले २-० ले जित हात पारेको हो।

लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्बरलेनले १/१ गोल गरे।

खेलको ३४ औं मिनेटमा वेस्टह्यामका डिफेन्डर इस्सा डायोपले लिभरपुलका डिभोक ओरिगीलाई फउल गरेपछि पहेँलो कार्ड खाएका थिए। यता लिभरपुलले भने पेनाल्टीको अवसर अवसर पायो। लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ३५ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए।

पहिलो हाफमा लिभरपुल १-० ले अगाडि रह्यो। दोस्रो हाफमा चेम्बरमेनले अर्को गोल थप्दा लिभरपुलले २-० को जित निकाल्न सफल भयो। दोस्रो गोल चेम्बरलेनले खेलको ५२ औं मिनेटमा गरेका थिए।

जितसँगै जारी लिगमा अपराजित लिभरपुलले १९ अंकको अग्रता बनाएको छ। लिभरपुल पछिल्ला ४१ खेलमा अपराजित छ।

जारी सिजन २४ खेल खेलेको लिभरपुलले २४ जित र १ बराबरी सहित ७० अंक जोड्दै शीर्षस्थानमा कायम छ। त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २४ खेलमा १६ जित ३ बराबरी र ५ हार सहित ५१ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell