PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

जारागोजालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा



पहिलोपोस्ट

जारागोजालाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

कापो डेल रे अन्तर्गगत गएराति भएको खेलमा रियल मड्रिडले रियल जारागोजामाथि ४-० को फराकिलो जित निकालेको छ। घरेलु टोलीलाई हराएसँगै रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

रियलको जितमा राफेल वरानो, लुकास भाजक्वेज, भिनिसियस जुनियर र करिम बेञ्जेमाले गोल गरे।

ला रोमारेडा रंगशालामा भएको खेलको छैटौं मिनेटमै वारानेले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले टोनी क्रुसको पासलाई गोलमा परिणत गर्दै वारानेले सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३२औं मिनेटमा लुकास भस्क्वेजले गोल गर्दा रियलले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि रियलले २ गोल नै थप्यो। खेलको ७२ औं र ७९ औं मिनेटमा भिनिसियस जुनियर र करिम बेञ्जेमाले गोल गर्दा रियलले ४-० को जित निकाल्न सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell