PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

'सानेपामा तीनवटा फ्ल्याट भाडा लिएर देहव्यापार', आरोपमा दक्षिणकालीका वडाध्यक्ष पक्राउ



पहिलोपोस्ट

'सानेपामा तीनवटा फ्ल्याट भाडा लिएर देहव्यापार', आरोपमा दक्षिणकालीका वडाध्यक्ष पक्राउ

काठमाडौः दक्षिणकाली नगरपालिका ४ का वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन्।

प्रहरीले शुक्रबार वडाध्यक्ष पुष्कर खड्कासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। देहव्यापार गरेको उजुरी प्रहरीमा परेपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले बताइन्। प्रहरीले वडाध्यक्षसहित बिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई नियन्त्रणमा लिएको हो। ठाकुर भारतीय नागरिक हुन्।

प्रहरीले शुक्रबार नै जिल्ला अदालतबाट मानव बेचविखन कसुरमा अनुसन्धानकाक लागि म्याद थप गरिसकेको छ। 

केही समयदेखि वडाध्यक्षलगायत अन्यले सानेपामा रहेको एक खाजा घरमा महिलालाई बन्धक बनाएर देहव्यापार गराएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

खाजा घरमा छापा मार्दा अन्य तीनजना महिला समेतलाई उद्धार गरेको प्रहरीले जानकारी दिएको छ। 'उनीहरुले सानेपामा तीनवटा फ्ल्याट नै भाडामा लिएर देहव्यापार गर्ने गरेको खुलेको छ। पीडित महिलाले नै उजुरी दिएपछि हामीले छापा मारेको हो। थप अनुसन्धान हुँदै छ।' एसपी सिंहले भनिन्।

स्थानीय तहका प्रतिनिधि पटक-पटक अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ। चालु आर्थिक वर्षको तीन महिनामा मात्र २२ जना जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यसरी प्रहरी नियन्त्रणमा पर्नेहरुमा सबैभन्दा धेरै वडाध्यक्ष रहेका छन्। कर्तव्य ज्यान, करणी, ठगीदेखि सरकारी छापा कीर्तेसम्ममा जनप्रतिनिधि समातिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell