PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ललितपुरमा ‘साउना’भित्र मगर दम्पतीको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा ‘साउना’भित्र मगर दम्पतीको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं : ललितपुरको एक फिटनेस सेन्टरमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। ललितपुर-१४ विशालचोकमा रहेको फिट एण्ड फाइन जिमखानामा रहेको साउना वाफ लिन गएका दम्पती मृत अवस्था फेला परेका हुन्।

ललितपुर महानगरपालिका १४ मा बस्दै आएका ४० वर्षीय हस्त गुबार्जा मगर र ३७ वर्षीय नेत्रकुमारीको मृत अवस्थामा फेला परेका हुन्।

उनीहरु बुधवार राति जिम गर्ने गएको र त्यसपछि साउना लिनको लागि गएका थिए। तर लामो समयसम्म पनि साउना कक्षबाट बाहिर ननिस्किएपछि कर्मचारीले गएर हेर्दा अचेत अवस्थामा फेला परेका थिए।  त्यसपछि प्रहरीलाई राति ९ बजेर १० मिनेटमा खबर भएको थियो।

‘साउनामा अचेत अवस्थामा भेटिएपछि हामीलाई खवर भएको थियो। तत्काल नै अस्पताल लगेका थियौँ। अस्पतालले मृत घोषणा गर्दियो,’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले भनिन्।

तत्कालै पाटन अस्पताल पुर्‍याएका मगर दम्पतीलाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो। प्रारम्भिक जानकारी अनुसार उनीहरुको निसासिएर मृत्यु भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell