PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : आज तेस्रो दिन पनि प्रदर्शन जारी



पी बी खड्का

टिपरको ठक्करबाट युवकको मृत्यु प्रकरण : आज तेस्रो दिन पनि प्रदर्शन जारी

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार टिपरको ठक्करबाट एक युवाको मृत्यु भएको आज तेस्रो दिन पनि प्रदर्शन जारी छ। पीडितका आफन्त र स्थानीयले दोषीलाई कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले वीरेन्द्रनगरमा यातायातका साधन निर्वाध रुपमा चल्न दिएका छैनन्। सवारी साधन छिटफुट रुपमा मात्रै चलेका छन्। विरोधका कारण निर्वाध बजार खुलेको छैन।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले एक पक्षसँग सहमति भएको र अर्को पक्षले त्यो सहमति मान्न तयार नभएपछि प्रदर्शन भइरहेको बताए। टिपर मालिक हरि विसीविरुद्ध जाहेरी दिने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानून बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिने बुधवार सहमति भएको प्रशासनले जनाएको छ।

यद्यपी, अर्को समूहमार्फत विरोध प्रदर्शनको प्रयास भएको प्रशासनको भनाइ छ। पीडितलाई सहमतिमा ल्याउने प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए।

सहमति हुन नसक्दा मृतक केशरबहादुर सिंहको शव प्रदेश अस्पतालमा पोस्टमार्टम हुन सकिरहेको छैन। मंगलवार वीरेन्द्रनगरस्थित जुम्लारोडमा मोटरसाइकलमा सवार सिंहलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell